Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा प्रियंका भर्सेस प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2018/04/27
शुक्रवारबाट अभिनेत्री प्रियंका कार्की विनाको हल नपाइन सक्छ । कारण, उनी अभिनीत चार फिल्म हलमा छन् । संभवतः विश्वमै कुनै अभिनेत्रीको चार फिल्म हलमा रिलिज भएको यो पहिलो पटक हो । 
 
चैत ९ गते 'शत्रु गते' र चैत ३० गते प्रियंका अभिनित फिल्म 'लिलिबिली' रिलिज भएका थिए । अहिले पनि यी दुबै फिल्मले हल छाडेका छैनन् । 'शत्रु गते' चाँडै ५१ औँ दिने मनाउने तयारीमा छ । 
 
शुक्रवारबाट उनका थप दुई फिल्म हलमा थपिएका छन् । 'कोहलपुर एक्सप्रेस' र 'ह्याप्पी डेज' यस हप्ताका लागि फ्राइडे रिलिज अन्तर्गत दर्शकमाझ पुगेका छन् । दुबैमा प्रियंकाको लिड रोल छ । 
 
यो हप्ता पर्दामा उनले आफैंसँग भिडन्त गर्दैछिन् । प्रियंका 'ह्याप्पी डेज' हाउसफूल' भएपछि 'कोलहपुर' हेर्न दर्शकलाई आग्रह गर्छिन् । 'कोहलपुर एक्सप्रेस' हाउसफूल भएपछि 'शत्रु गते' र 'लिलिबिली' हेर्न दर्शकलाई उनको आग्रह छ । 
 
 
रोचक कुरा त यी दुबै फिल्म कमेडी जनराका हुन् । 'कोहलपुर एक्सप्रेस' का निर्देशक विशाल भण्डारी हुन् । यसअघि दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि फिल्म निर्देशन उनको यो पहिलो हो । 
 
अभिनेत्री त्रय प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको यस फिल्ममा प्रमुख भूमिका छ । केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको फिल्ममा विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।  
 
यस्तै, मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । 
 
रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ । 
 
पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स फिल्मका निर्माता हुन् । 
Most Visited News (monthly)