.jpg)
श्रावण २५ गतेलाई प्रदर्शन मिति तय गर्दै उमा 'बेबी' गिरी निर्मित तथा अभिनीत फिल्म ‘कहिँ कतै’ को गीत रिलिज गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच भारतमा प्रदर्शनका लागि यूट्यूबमा रिलीज भईसकेको 'झ्वाँईय झान...' बोलको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
सचिन सिंहको संगीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव अर्पणका शब्द रहेका छन् । यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । फिल्मका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ ।
कार्यक्रममा फिल्मका प्रमूख कलाकारहरु शिवानी गिरी र सोनम बरफुङ्गपाको उपस्थिती थियो । यी दुबै यही फिल्मबाट डेब्यू गर्दैछन् । शिवानी, उमाकी छोरी हुन् । यतिबेला उनी नयाँ दुई फिल्मको काममा व्यस्त छिन् ।
.jpg)
बोल्ड पहिरनमा कार्यक्रममा उपस्थित भएकी उनी गीतमा पनि बोल्ड रुपमा प्रस्तुत भएकी छन् । उनले यस फिल्मबाट ठूलो आशा बोकेको बताइन् । यस्तै, सोनम पनि ‘कहिँ कतै’ आफ्नो करिअरको कोशे ढुङ्गा सावित हुनेमा विश्वस्त छन् ।
यो फिल्ममा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा 'बेबी' गिरीको पनि प्रमूख अभिनय रहेको छ । चलचित्रलाई सबिर श्रेष्ठले लेखन-निर्देशन गरेका हुन् ।
.jpg)
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।
भिडियो :-

