Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नू ल ५’ को इन्डक्ल्याप, जोगाउला त साख ?

फिल्मीखबर, काठमाण्डौ, 2018/04/26

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौ सिरिजको सम्पूर्ण छायांकन सकिएको छ । ३० दिनको लगातारको छायांकन सकाएर निर्माण टिम काठमार्डौ फिरेको छ । 
 
गीतसंगीत र कथावस्तुले ब्राण्ड बनेको यस फिल्मको पाँचौ श्रृंखलालाई पनि राम्रो बनाउन कुनैै कञ्जुस नगरेको निर्देशक तथा निर्माता विकासराज आचार्य बताउँछन् । उनी भन्छन्, 'यसपटक गीतभन्दा पनि कथावस्तुलाई बढी ध्यान दिएका छौं । गीतसंगीत पनि राम्रा बनेका छन् ।' 
 
३ दिनको काम बाँकी राखेर ‘नाईं नभन्नू ल ५’ को छायांकन सकिएको हो । निर्देशक आचार्यका अनुसार, अभिनेत्री द्वय प्रियंका कार्की र केकी अधिकारीले कम्मर मर्काउने लोक लयको एक गीत खिच्न बाँकी छ । उक्त गीत केही समय पछि खिचिनेछ । 
 
भदौ ८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा प्रियंका र केकीका अलावा दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपाल, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको लिड रोल छ । 
 
विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।
 
नेपालमा धेरै हिट फिल्मका सिक्वेल निर्माण भएपनि अधिकांशले साख जोगाउन सकेका छैनन् । 'नाईं नभन्नू ल' का लगातार चार सिरिज भने हिट छन् । दर्शकले रुचाएका छन् । यसकारण यसको पाँचौ श्रृंंखलाप्रति पनि दर्शकको चासो सुरु हुन थालेको छ । 
 
आशा गरौं, यसपटक पनि 'नाईं नभन्नू ल'  ले आफ्नो साख बचाइराख्ने छ । 
 
Most Visited News (monthly)