Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सजिलो थिएन रणबीरलाई सञ्जय दत्त बन्न

फिल्मीखबर, काठमाण्डौ, 2018/04/26
फिल्म 'सञ्जु' को अफिसियल टीजर सार्वजनिक भइसकेको छ । फिल्ममा सञ्जय दत्तको रिल लाइफ रोल प्ले गर्दैछन् रणबीर कपूर । दुरुस्तै सञ्जयको लुक्सले उनले सबैलाई चकित मात्र बनाएका छैनन् आवाज र डाइलगबाट पनि राम्रै छाएका छन् । 
 
हालैमा एक अन्तर्वार्ताको क्रममा रणबीरले आफ्नो ट्रान्सफर्मेशन प्रोसेस शेयर गरे । सञ्जयको बायोपिकका लागि रणबीरले आफूलाई फिजिकल र मेन्टल दुबै रुपमा ट्रान्सफर्मेशन गरेका छन् । 
 
 
उनी भन्छन्, 'एक-एक सुटका लागि हरेक पटक एक महिना ग्याप लिएको थिएँ । यो निकै चाँडो भइरहेको थियो र हामीसँग धेरै समय थिएन । हरेक फेजमा पहिला म आफूलाई नै १ महिनाको समय दिने गर्दथेँ ।' 
 
'फिल्मको पूरै टिमले यसका लागि खबु मिहिनेत गरेका छन् । एक वर्ष अगाडिको कुरा गर्ने हो भने मैले कयौं तयारीका साथ धेरै स्क्रिन टेस्ट दिएँ । निर्देशक राजू सरलाई म सञ्जय दत्तको जस्तै मस्कुलर देखिन सक्छु भन्ने विश्वास दिलाएको थिएँ ।' उनले भने । 
 
रणबीर अगाडि भन्छन्, 'हेर्ने हो भने मेरो बड्डीको फ्रेम निकै पातलो छ । मेरो लागि मसल्स बढाउने काम निकै कठिन रह्यो । मेरो अगाडि सञ्जय दत्तको जेलबाट बाहिर निस्कँदै गरेको लुक्स, मुन्नाभाई र उनको यंग लुक्स दुरुस्तै देखाउनु पर्ने च्यालेन्ज थियो ।'  
 
क्यारेक्टरको आत्मासम्म गए रणबीर  
रणबीर भन्छन्, 'जब मैले धेरै मेकअप र कस्ट्यूम लगाएको हुन्थे, जुन फिल्मको सबैभन्दा सरल काम हो । कसैको जस्तो देखिनु कुनै ठूलो कुरा होइन । यो रिजेब्लेन्स हुनसक्छ तर कुनै क्यारेक्टरको आत्मालाई सम्झनु निकै कठिन काम हो ।' 
Most Visited News (monthly)