Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दया साथमा हुँदा प्रियंकाको बढ्यो धड्कन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/04/25
प्रदर्शनको दुई दिन अगाडि फिल्म ‘ह्याप्पी डेज’ को नयाँ गीत सार्वजनिक भएको छ । दयाहाङ राई र प्रियंका कार्की फिचरिङ ‘सुस्त यो...’ बोलको रोमान्टिक गीतले प्रेमभाव बोल्छ । गीतमा यो कपल एकअर्काको साथमा हुँदा सुस्त धड्कन बढेको कुरा गर्दैछन् । 
 
नरेश भट्टराईको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बूले संगीत भरेका छन् । यस गीतमा तारा र दीपा लामाको स्वर सुन्न सकिन्छ । गीतको लोकेशन र खिचाई उत्कृष्ट छ । भिडियोमा प्रियंका र दयाहाङको जोडी कमालको देखिएको छ । 
 
 
मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । 
 
रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’ लाई रामकुमार केसीले खिचेका हुन् । 
 
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो । 
 
भिडियो :-

Most Visited News (monthly)