Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म गर्दिनँ : मिस नेपाल खतिवडा

फिल्मीखबर, काठमाण्डौ, 2018/04/25
पछिल्लो समय फिल्ममा प्रवेश गर्ने मिस नेपालहरुको संख्या बढ्दो छ । प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशी, सृष्टि श्रेष्ठसम्मले नायिकाको सूचीमा आफ्नो नाम लेखाइसकेका छन् । 
 
२०१७ की मिस नेपाल निकिता चण्डक पनि फिल्म 'रानीमहल' बाट डेब्यू गर्दैछिन् । तर, मिस नेपाल– २०१८ को उपाधि हात पारेकी श्रृंखला खतिवडाले भने फिल्ममा आउने सोच नबनाएको बताएकी छिन् । 
 
 
आफ्नोे गृहजिल्ला हेटौंडामा पत्रकारसँग कुराकानी गर्दै आफूलाई अभिनय र नाच्न नआउने भएका कारण फिल्म नगर्ने बताइन् । आर्किटेक्टको विद्यार्थी भएकाले उक्त पेशामै अघि बढ्ने उनको सोच छ ।
 
उनी भन्छिन्, 'मेरो पृष्ठिभूमि फरक छ । म मिस नेपाल भएपनि मेरो जुन पेशा हो त्यसैमा अगाडि बढ्छु ।' 
 
परिवार सक्रिय राजनीतिमा रहे पनि आफू राजनीतिमा पनि नआउने मिस नेपाल खतिवडाले स्पष्ट पारिन् । उनका बुबा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु सिग्देल प्रदेशसभा सदस्य हुन् । 
Most Visited News (monthly)