बलिउड एक्टर शाहिद कपूर चाँडै साउथको सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेकमा देखिँदैछन् । तर, शाहिदभन्दा अगाडि यस फिल्मका लागि अर्जुन कपूरको नाम बाहिर आएको थियो ।
फिल्ममेकर्सले भने शाहिदलाई उक्त फिल्ममा अनुवन्धित गरेका छन् । अचेल शाहिद आफ्नो नयाँ फिल्म 'बत्ती गुल मीटर चालू' को छायांकनमा व्यत छन् । यो फिल्मका उनको साथमा श्रद्धा कपूर र यामी गौतम लिड रोलमा छन् ।

तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ गएको वर्ष प्रदर्शनमा आएको थियो । एक मेडिकल छात्रको वरिपरि यो फिल्म घुम्छ । फिल्ममा विजय देवरकोन्डाले लिड रोल निभाएका थिए । शालिन पान्डेले विजय देवरकोन्डाको प्रेमिकाको भूमिका निर्वाहा गरेकी थिइन् ।
फिल्मको हिन्दी रिमेकको निर्माण अश्विन वर्डे र मुराद खेतानीले गर्दैछन् । अब शाहिदलाई फाइनल गरेपछि फिल्मको तयारी सुरु गरिएको छ । यो फिल्मको छायांकन भारत र अब्रोडमा हुनेछ । जुलाईबाट यसको सुटिङ सुरु हुँदैछ ।

