अभिनेता दयाहाङ राईलाई प्रमुख भूमिकामा अनुवन्धित गर्दै फिल्म ‘आप्पा’ को घोषणा गरिएको छ । मंगलवार भारतको कालेबुङमा निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको औपचारिक निर्माण घोषणा गरियो । यसलाई अनमोल गुरुङले निर्देशन गर्दैछन् ।
पहिलो पटक पुराना निर्देशक तथा कलाकार तुलसी घिमिरे र दयाहाङले यो फिल्ममा सँगै काम गर्दैछन् । यसमा दयाले आप्पाको भूमिका निर्वाहा गर्नेछन् । माउन्टेन पिक्चर्सको ब्यानरमा बन्ने फिल्मको छायांकन बुधवारबाट विश्वप्रसिद्ध घुम रेल्वे स्टेशनबाट सुरु भएको छ ।
.jpg)
‘आप्पा’ फिल्म बाबु छोराको कथामा आधारित हुनेछ । अरुणा कार्कीको पनि फिल्ममा लिड रोल रहनेछ । दयाहाङले फिल्मको कथाले आफूलाई तानेको बताए ।
उनले भने, ‘कथा सुनेपछि मैले यो फिल्म छाड्नु हुन्न भन्ने लाग्यो अनि साइन गरेँ । फिल्मको कथा युनिभर्सल छ ।’ उनले नेपाली फिल्मको इतिहासमा यसले एउटा नयाँ आयाम निर्माण गर्नसक्ने आशा समेत व्यक्त गरे ।
निर्देशक तथा कलाकार तुलसी घिमिरेले दयाहाङसँग काम गर्नु आफ्ना लागि ठूलो चुनौती रहेको बताए । उनी भन्छन्, ‘दयाहाङ राईले नेपाली फिल्ममा नयाँ ट्रेन्ड ल्याए । उनीहरूको कला अत्यन्तै प्राकृतिक छन् । ‘आप्पा’ फिल्ममा दयाहाङसँग काम गर्नु मलाई ठूलो चुनौती छ । मैले मेरो भुमिकालाई इमान्दार निभाउन साँच्चै गाह्रो पर्नेछ ।’
निर्देशक अनमोलका अनुसार, यस फिल्मलाई आगामी वर्षको बुबाको मुख हेर्न दिन प्रदर्शन गर्ने जानकारी दिए । उक्त फिल्मको सुटिङ दुई महिना चल्नेछ ।

