.jpg)
पूर्व मिस नेपाल निकिता चण्डक अब नायिका बनेर आउँदैछिन् । यतिबेला उनी आफ्नो डेब्यु फिल्म 'रानीमहल' को वर्कशपमा व्यस्त छिन् । मिस नेपालको ताज श्रृंखला खतिवडालाई पहिराए लगत्तै उनले यो फिल्म साइन गरेकी थिइन् ।
सानैदेखि नायिका बन्ने रहर रहेको बताउने उनी अब आफ्नो सपना पूरा हुन लागेकोमा खुसी छिन् । मंगलवार युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म 'लिलिबिली' हेर्न राजधानीको कुमारी हल पुगेकी निकिताले फिल्ममा डेब्यु गर्न लाग्दा नर्भस फिल भइरहेको सुनाइन् ।
.jpg)
उनी भन्छिन्, 'म यो फिल्डमा नयाँ हुँ । आफ्नो कस्तो होला भनेर निकै डर लागिरहेको छ । मेहनत गर्न छाड्दिनँ । आशा छ पक्कै राम्रो हुनेछ ।'
उनले स्क्रिप्ट राम्रो लागेको कारण 'रानीमहल' साइन गरेको बताइन् । यो फिल्मका लागि उनले १० लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, निकिता यो खबरमा सत्यता नभएको बताउँछिन् ।
प्रदीप खड्काको फ्यान बताउने उनले 'लिलिबिली' को पनि प्रशंसा गरिन् । 'म प्रदीपको फ्यान हुँ ।' निकिता भन्छिन्, 'प्रेमगीत २' हेरेपछि मलाई उहाँ एकदमै राम्रो लाग्यो । 'लिलिबिली' पनि निकै राम्रो छ ।'
उनले अभिनेत्री जसिता गुरुङको पनि तारिफ गरिन् । भन्छिन्, 'उहाँ राम्री हुनुहुन्छ । अभिनय उत्कृष्ट लाग्यो ।'

'लिलिबिली' हेर्न निकितासँग प्रदीप पनि हल पुगेका थिए । पूर्व मिस नेपालले आफ्नो तारिफ गर्दा उनी खुसीले गदगद देखिन्थे । निकिता र प्रदीप दुबैले भविष्यमा कुनै राम्रो प्रोजेक्ट मिले सँगै काम गर्ने पनि बताएका छन् ।

