Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भिएफएक्समै सकियो ‘ब्ल्याक’ को आधा लगानी

फिल्मीखबर, काठमाण्डौ, 2018/04/25
डेब्यु फिल्म 'नाईँ नभन्नू ल ४' देखि हाल प्रदर्शनरत फिल्म 'शत्रु गते' सम्म अभिनेत्री आँचल शर्माले अभिनेता पल शाहभन्दा अरुको जोडी बनिनन् । यसैले त यी दुई प्रेममा रहेको चर्चा लामै समयदेखि सिनेवृतमा 'हट केक' बनिरहेको छ । 
 
तर, जेष्ठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ब्ल्याक’ मा भने आँचलको जोडीको रुपमा पल छैनन् । यस फिल्ममा आकाश श्रेष्ठसँग उनले जोडी बाँधेकी छिन् । 
 
यो फिल्मको 'पल पल हरपल' बोलको एक गीत सार्वजनिक भइसकेको छ । गीतमा आकाश र आँचलको केमेष्ट्रीलाई निकै रुचाइएको छ । झन्डै एक वर्ष यस फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्नै समय लागेको निर्माण टिमको भनाई छ । 
 
 
निर्देशक प्रदिप श्रेष्ठ भन्छन्, 'फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढि त प्रविधिसँग जुध्नुपर्‍यो, फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो ।' अन्तर्राष्ट्रिय बजारमा जाँदै गर्दा पनि नेपाली फिल्मको स्तर यहाँसम्म पुग्यो भन्ने परिचय दिनेगरी बीना कुनै कन्जुस्याइँ भिएफएक्समा लगानी र समय खर्चिएको उनी बताउँछन् । 
 
श्रेष्ठ थप्छन्, 'भिएफएक्सकै कारण छायांकनदेखि पोष्ट प्रोडक्सनसम्मको समय लम्बियो । फिल्मको आधाजस्तो बजेटको हिस्सा यस खर्च भएको छ ।' समिर मियाले गरेको भिएफएक्समा दर्शकले प्राकृतिक लाग्ने सौन्दर्य देख्न पाउने श्रेष्ठको दाबी छ ।
 
मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायांकन रामशरण उप्रेतीले गरेका छन् । 
 
आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । 
Most Visited News (monthly)