Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सञ्जु’ टीजर रिलिज, पाँच फरक अवतारमा रणबीर

एजेन्सी, मुम्बई, 2018/04/24
यस वर्षको मोस्ट अवेटेड फिल्म तथा बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित भएर निर्माण भएको बायोपिक फिल्म ‘सञ्जु’ को अफिसियल टीजर सार्वजनिक भएको छ । यो फिल्ममा सञ्जयको भूमिका अभिनेता रणबीर कपूरले निर्वाहा गरेका छन् । 
 
फिल्मको टीजर सानदार छ । यो सञ्जय दत्त र रणबीर कपूर दुबैका फ्यानका लागि कुनै उपहार भन्दा कम छैन । टीजरमा सञ्जयको ड्रग्स विवाददेखि अफेयरसम्म सबै देखाइएको छ । 
 
 
टीजर रिलीजभन्दा अगाडि फिल्मको पोष्टर सार्वजनिक गरिएको थियो । पोष्टरमा सञ्जयको पाँच फरक-फरक अवतार देखाइएको छ । उक्त पाँच अवतारमा रणबीर कपूर दुरुस्तै सञ्जय दत्त देखिएका छन् । 
 
राज कुमार हिरानी यस फिल्मका निर्देशक हुन् । विधु विनोद चोपडाको निर्माण रहेको यस फिल्ममा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा मनिषा कोइराला देखिएकी छिन् । 
 
परेश रावल, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा, विक्की कौशल, जिम सौरभ र बोमन ईरानी जस्ता कलाकार पनि ‘सञ्जु’ मा छन् । 
 
टीजर हेर्नुस् :-

Most Visited News (monthly)