Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्ती छिन् सलिनकी हिरोइन ? (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2018/04/24
 
अभिनेता सलिनमान बनियाँले डेब्यु फिल्म नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग गर्ने मौका पाए । उक्त जोडीको खुब तारिफ भयो । दर्शकले औधी रुचाए । फेरि यो जोडीलाई दर्शकले पर्दामा हेर्ने इच्छा व्यक्त गरेका छन् । 
 
 
'ए मेरो हजुर ३' मा पुनः यो जोडी दोहोरिने चर्चा बाहिरिँदै गर्दा निर्देशक तथा अभिनेत्री झरना थापाले यो कुराको खण्डन गरेकी छिन् । उनका अनुसार, 'ए मेरो हजुर' को तेस्रो श्रृंखलामा नयाँ अनुहार रहनेछन् । 
 
 
यस्तैमा सलिनमानले दोस्रो फिल्म 'यात्रा' साइन गरेका छन् । सोमवार यस फिल्मको राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा समेत गरियो । 
 
 
यस फिल्ममा सलिनको जोडी बनेर नव-अभिनेत्री मल्लिका महत देखिँदैछिन् । इन्टाग्राममा ४४ हजार बढी फलोअर्सकी धनी उनले चर्चित गायक स्वप्न सुमनको 'म तिम्रो' बोलको गीतको भिडियोमा अभिनय गरेकी छिन् । 
 
 
मल्लिकाको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइंग छ । अग्ला कदका सलिनसँग पर्दामा उनको जोडी भने कस्तो जम्ला यतिबेला सबैको चासोको विषय बनेको छ । फिल्मको घोषणा सभामा यी दुई एकअर्काको खासै नजिक भएको देखिएन । 
 
 
एक पटक पनि यी दुईबीच दोहोरो कुराकानी भएन । लजालु स्वभावका सलिन र हँसिली मल्लिकाको भर्खर-भर्खर चिनजान भएको मिडियाको सामुन्ने तश्बिर खिचाउँदै गर्दा प्रष्ट हुन्थ्यो । 
 
 
पुराना निर्माता तथा कलाकार केशव भट्टराईको निर्माण र सम्राट शाक्यको डेब्यु निर्देशनमा बन्न लागेको 'यात्रा : अ म्यूजिकल भ्लग' मा सलिन र मल्लिकासँगै सलोन बस्नेत, जान्वही बोहोरा, रेअर राई, प्रक्षा बज्रचार्य, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
Most Visited News (monthly)