Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कन्फर्म : ‘छक्का पञ्जा ३’ मा दीपकको जोडी दीपिका

फिल्मीखबर, काठमाण्डौ, 2018/04/24
अन्ततः ‘छक्का पञ्जा’ को तेस्रो श्रृंखलाका लागि लिड नायिका फाइनल गरिएको छ । लगातार दुई सिरिजमा अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा लेखक दीपकराज गिरीको जोडी बाँधिएको छ । 
 
यसपटक भने दीपकको अपोजिटमा ‘ऐश्वर्य’ फेम अभिनेत्री दीपिका प्रसाईँ फाइनल भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ मा उनको अभिनय र सुन्दरताको सबैभन्दा धेरै तारिफ भएको थियो । 
 
 
दीपकराजले बोल्ड एन्ड ब्यूटी नायिका चाहिएको हुँदा दीपिका रोजेको जानकारी दिएका छन् । दशैंको फूलपातीमा प्रदर्शनमा ल्याउने गरि यस फिल्मको बैशाख १७ गतेबाट छायांकन सुरु हुँदैछ ।
 
‘छक्का पञ्जा’ को दुबै श्रृंखलामा अटेकी अभिनेत्री वर्षा राउत यसको तेस्रो भागबाट भने  बाहिरिएकी छिन् । यस्तै, ‘छक्का पञ्जा २’ मा प्रमुख भूमिका निर्वाहा गरेकी अभिनेत्री स्वस्तिमा खड्का पनि दीपक-दीपाको क्याम्पबाट 'आउट' भएकी छिन् । 
 
प्रियंकाको भने विशेष भूमिका रहने निर्माण टिमले जानकारी दिएको छ । ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् ।
 
जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङलगायतका केही कलाकार भने यथावत रहेका छन् । पोखरा र दमौलीमा खिचिने फिल्मको छायाँकारमा पुरुषोत्तम प्रधान छन् । 
Most Visited News (monthly)