Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलिनमानले भने सलोनलाई ‘स्टार’

फिल्मीखबर, काठमाण्डौ, 2018/04/23
वर्ष २०७४ को सुपरहिट फिल्म ‘ए मेरो हजुर २’ बाट भित्रिएका चकलेटी हिरो हुन् सलिनमान बनियाँ । फिल्ममा आउनु अगावै उनले राम्रो फ्यान फलोइंग बनाइसकेका थिए । उनलाई अचेल ‘स्टार’ अभिनेता भन्न थालिएको छ ।
 
डेब्यु फिल्म रिलिजपछि लाखौं पैसा सुटकेसमा बोकेर उनको घरसम्म पुग्ने निर्माताको लाइन लामै थियो । हेयर स्टाइल र क्यूट लुक्सका कारण सलिन हजारौं युवतीका ‘ढुकढुकी’ बनेका छन् । ‘ए मेरो हजुर २’ रिलिजको झण्डै ७ महिनापछि अन्ततः उनले ‘यात्रा’ नामक नयाँ फिल्म साइन गरेका छन् । 
 
यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । यसमा उनको जोडीको रुपमा मल्लिका महत देखिँदैछिन् । फिल्ममा सलिनले एक भ्लगरको भूमिका निर्वाहा गर्दैछन् । 
 
 
फिल्मको घोषणा सभामा सलिनमाथी पत्रकारका अनेकन प्रश्न तेर्सिए । मिडियासँग कुरा गर्न पसिना छुट्ने बताउने उनले पत्रकारको प्रश्नको सटिक उत्तर दिने प्रयास गरे ।
 
‘ए मेरो हजुर २’ बाट अभिनयको सम्पूर्ण तारिफ सलोन बस्नेतले आफ्नो पोल्टामा पारेका थिए । यस्तैमा अब सलिनले सलोनसँग नयाँ प्रोजेक्टमा सँगै काम गर्ने गसिप सिनेवृतमा छरिएको थियो । 
 
पत्रकारको यही प्रश्नमा सलिनले चोटिलो उत्तर दिए । उनले भने, ‘यदी मैले त्यसो भनेको थिएँ भने फेरि किन म सलोनसँग काम गर्दै छु त ? मैले त्यस्तो कहिल्यै भनेको थिइनँ । उसले गर्दा नै मैले ‘ए मेरो हजुर २’ मा राम्रो काम दिन सकेको थिएँ ।’ 
 
उनले सलोनलाई ‘स्टार’ भन्दै तारिफको फूली पनि भिराए । उनको यो कुरा सुन्दै गर्दा छेवैमा रहेका सलोनले ‘नाईँ’ को इशारा दिँदै थिए । फिल्म ‘यात्रा’ को घोषणा सभामा सलोन र सलिनको मित्रता राम्रै खुलेको थियो । 
 
खबरअनुसार, यस फिल्मका लागि सलिन आफैंले सलोनलाई अफर गरेका हुन् । सलोन पनि फेरि सलिनसँग काम गर्न पाउँदा खुसीले गदगद भएको बताउँछन् । 
Most Visited News (monthly)