Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केशवले घोषणा गरे ‘यात्रा’, सलिनको जोडी मल्लिका

फिल्मीखबर, काठमाण्डौ, 2018/04/23
 
‘ए मेरो हजुर २’ फेम अभिनेता सलिनमान बनियाँ पर्दामा फर्किएका छन् । पछिल्लो पुस्तामाझ गज्जबको फ्यान फलोइंग बनाएका उनलाई डेब्यु फिल्म रिलिजपछि धेरै निर्देशक/निर्माताले फिल्म अफर गरेका थिए ।
 
अन्ततः उनले दोस्रो फिल्मको रुपमा निर्माता तथा कलाकार केशव भट्टराईको फिल्म ‘यात्रा’ साइन गरेका छन् । सोमवार यस फिल्मको राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।
 
फिल्ममा सलिनको जोडीको रुपमा नव-नायिका मल्लिका महत देखिँदैछिन् । यस फिल्मलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो । मुक्ति तिमल्सिना, मधु क्षेत्री र धर्मराज अधिकारीले पनि केशवसँग लगानीमा सहकार्य गरेका छन् । 
 
 
‘यात्रा : अ म्यूजिकल भ्लग’ मा सलिन र मल्लिकाको अलावा सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रक्षा बज्रचार्य, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
 
सलिनले स्क्रिप्ट राम्रो लागेका कारण काम गर्न लागेको बताए । उनले भने, ‘ए मेरो हजुर २’ भन्दा पनि राम्रो काम गर्नेछु । मेहनत गर्न कञ्जुस गर्ने छैन ।’ 
 
असोज ५ गतेलाई प्रदर्शन मिति लक गरिएको फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । हिमाल केसीको द्वन्द्व रहने यस फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी रहनेछ । शम्भुजित बाँस्कोटा, प्रतीक पौडेल, कोबिद बज्रको संगीत रहने 'यात्रा' लाई बनिश शाहले सम्पादन गर्नेछन् । 
 
 
फिल्मले एक चर्चित भ्लगरको कथा बोल्नेछ । यसमा सलिनले यात्रा गर्दाका रमाइला भिडियोहरु युट्युबमा अपलोड गरेर समाजलाई सकारात्मक सन्देश दिने एक भ्लगरको भूमिका निर्वाहा गर्दैछन् ।
 
उनले यस फिल्मका लागि महँगो पारिश्रमिक बुझेको चर्चा छ । तर, निर्माता केशव भट्टराईले सलिनको पारिश्रमिक खुलाउन चाहेनन् । 
Most Visited News (monthly)