'प्रेमगीत' फेम अभिनेता प्रदीप खड्का फेरि निर्माता बन्ने भएका छन् । हाल प्रदर्शनरत फिल्म 'लिलिबिली' निर्माता गोविन्द शाहीसँग मिलेर उनले नयाँ फिल्म निर्माण गर्न लागेका छन् ।
फिल्ममा उनी नै प्रमुख भूमिकामा रहनेछन् । यसअघि प्रदीपले 'स्केप' र 'ठूलोमान्छे' नामक फिल्म निर्माण गरेका थिए । यी दुबै फिल्म बक्सअफिसमा असफल रहे ।
'प्रदीप मिडिया प्रा.लि.' बाट उनले तेस्रो फिल्म निर्माण गर्न लागेका हुन् । उक्त फिल्म निर्माणका लागि यो ब्यानरसँग वितरक तथा निर्माता शाहीको 'काफिया फिल्मस्' आवद्ध भएको छ ।
 (1)(1).jpg)
कात्तिक पहिलो साताबाट फ्लोरमा जाने फिल्मका लागि यतिबेला निर्देशक र नायिका छनौटमा निर्माण टिम जुटेको छ । खबरअनुसार, स्क्रिप्ट राईटरको पनि खोजी भइरहेको छ ।
प्रदीपले नयाँ फिल्म 'भैरवी' को छायांकन सकाएपछि आफ्नै लगानीमा बन्ने नयाँ फिल्मलाई समय दिनेछन् । 'लिलिबिली' को सक्सेसबाट हौसिएका प्रदीप पुनः निर्माताको रुपमा आउन लाग्दा खुसी महशुस गरेको बताउँछन् ।
उक्त अनटाइटल प्रोजेक्टलाई वर्ष २०७६ बैशाख १ गते प्रदर्शनमा ल्याइने भित्री तयारी भइरहेको छ ।

