Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

महेश बाबूको फिल्मले कमायो २ दिनमा सय करोड

एजेन्सी, मुम्बई, 2018/04/23
साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार महेश बाबू पछिल्लो समय आफ्नो फिल्म 'भारत अने नेनु' का कारण चर्चामा छन् । यो फिल्म २० अप्रिलबाट रिलिज भएको छ भने दर्शकले यसलाई निकै रुचाएका छन् । 
 
'भारत अने नेनु' लाई लिएर फ्यानमा निकै क्रेज देखिएको छ र यो फिल्मले मात्र २ दिनमा सय करोडको कारोबार गरेको छ । वर्ष २०१८ को सबैभन्दा चाँडो सय करोड क्लबमा इन्ट्री हुने यो पहिलो फिल्म बनेको छ । 
 
 
महेश बाबू आफ्नो नयाँ फिल्मको सक्सेसबाट निकै खुसी छन् । यो फिल्म 'बाहुबली' पछि सबैभन्दा ठूलो हिट साबित हुने अनुमान लगाइएको छ । यो फिल्मले रिलिज अगाडि नै १०३ करोडको विजनेश गरेको थियो र अब रिलिजको दुई दिनमा फिल्मले सय करोड कमाएको छ । 
 
भारतमा मात्र नभएर विदेशमा पनि यस फिल्मलाई दर्शकले उतिक्कै रुचाएका छन् । यो फिल्मको बढी जसो शो हाउसफुल भइरहेको छ । यसमा महेश बाबूले आन्ध्र प्रदेशको सीएमको भूमिका निर्वाहा गरेका छन् । 
 
प्रदर्शनको पहिलो दिन ५६ करोडको कलेक्सन गरेको उक्त फिल्ममा महेशको अपोजिटमा ‘एम.एस धोनी- अ एनटोल्ड स्टोरी’ फेम कियारा आडवाणी लीड रोलमा छिन् । 
Most Visited News (monthly)