निर्माण अगावैदेखि चर्चामा रहेको अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म 'बाँध मायाले' को अफिसियल रिलिज डेट एनाउन्समेन्ट गरिएको छ । सविर श्रेष्ठको लेखन, निर्माण तथा निर्देशन रहेको यो फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
यसलाई डिसिएनले अल नेपाल प्रदर्शनमा ल्याउँदैछ । अहिले फिल्मको डविङ कार्य भइरहेको छ । निर्देशक श्रेष्ठ नाम जस्तै फिल्मले सबै दर्शकलाई बाँध्ने विश्वास व्यक्त गर्दछन् ।

काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको 'बाँध मायाले' निर्माणमा रामहरी धिताल र विभेषिका श्रेष्ठले सविरसँग सहकार्य गरेका छन् । सह-निर्माताको रुपमा महेन्द्र अधिारी र केदार धिताल छन् ।
आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले 'बाँध मायाले' मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् ।
यस्तै, फिल्ममा संगीत अर्जुन पोखरेल र बाबु श्रेष्ठको छायांकन छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

