Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तरकारीवाली’ भन्छिन्, ‘दर्शक रुवाउने फिल्म गर्न मन छ’

फिल्मीखबर, काठमाण्डौ, 2018/04/23
तरकारीले भरिएको क्रेट बोकेर झोलुङ्गे पुल तर्दै गर्दाको एक फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गोरखाकी कुशुम श्रेष्ठ रातारात चर्चामा आइन् । एउटा साधारण युवतीलाई एक फोटोले सेलिब्रेटी बनायो । अहिले उनलाई बाटोमा हिँड्दा समेत सेल्फी खिच्नेको भीड लाग्ने गर्दछ । 
 
 
अचेल चितवनमा बसेर अध्ययन गरिररहेकी कुशुम बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको  ‘लम्फू’  बाट फिल्ममा डेब्यु गर्दैछिन् । केमियो रोल भएपनि उनी यस फिल्ममा आफूले राम्रो भूमिका पाएको बताउँछिन् । ‘लम्फू’ भन्दा अगाडि उनलाई अन्य फिल्मबाट अभिनयका लागि प्रस्ताव नआएका होइनन् तर उनले कुनै अफर स्वीकार गरिनन् । 
 
फिल्मीखबरसँगको एक भेटमा उनी भन्छिन्, ‘म अहिले अध्ययनमा बढी फोकस छु । चाँडै अभिनयलाई निरन्तरता दिने सोच भने छ । ‘लम्फू’ मा राम्रो भूमिका भएका कारण काम गरेकी हुँ ।’ उनले यस फिल्मबाट पाएको पारिश्रमिक समाजसेवामा खर्च गरेको बताउँछिन् । 
 
 ‘एउटा फोटोको कारण मलाई यति धेरैले चिन्नुहुन्छ । यो गुन तिर्न पनि मैले ‘लम्फू‘ बाट पाएको पारिश्रमिक समाजसेवामा खर्च गरेँ । आगामी दिनमा पनि म अभिनयबापत पाएको पारिश्रमिक समाजसेवामा नै खर्च गर्नेछु ।’ कुशुम भन्छिन् । उनी आफ्नो नामले गर्दा पनि  ‘लम्फू’ हेर्न दर्शकहरु हलसम्म जानेमा विश्वस्त देखिन्छिन् । 
 
 
उनले  ‘लम्फू’ रिलिजपछि मात्र अन्य फिल्ममा काम गर्ने सोच बनाएकी छिन् । उनी थप्छिन्,  ‘यो फिल्मबाट दर्शकको प्रतिक्रिया जान्न आतुर छु । यसपछि मात्र अन्य फिल्ममा काम गर्छु ।’
 
उनी लभस्टोरी, सामाजिक विषयवस्तु र इमोशनल खालका फिल्म गर्ने मन रहेको सुनाउँछिन् । उनलाई निर्देशक द्वय सुदर्शन थापा र निश्चल बस्नेतको फिल्ममा हिरोइन बन्ने ठूलो रहर छ । 
Most Visited News (monthly)