Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जनचेतना फैलाउँदै ‘कोहलपुर एक्सप्रेस’ को प्रचार

फिल्मीखबर, काठमाण्डौ, 2018/04/23
 
बैशाख १४ गतेबाट अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ देशैभर प्रदर्शनमा आउँदैछ । एक दशक लामो अभिनय यात्राको अनुभवलाई सर्टिफिकेट मान्दै फिल्म निर्माणमा हामिएकी उनले यतिबेला यस फिल्मको प्रचारमा दिलोज्यान दिएर खटिरहेकी छिन् । 
 
राजधानीका केही घरमा झोला बोकेर खाजा पुर्‍याउनदेखि केकीले विभिन्न शहरहरुमा गएर फिल्मको विषयमा जानकारी दिइरहेकी छिन् । अभिनयमार्फत युवा पुस्तामाझ आफ्नो फरक पहिचान बनाएकी उनलाई अब फिल्म निर्माणमा पनि सफलता हात पार्नै पर्ने चुनौती छ । ‘कोहलपुर एक्सप्रेस’ ले दर्शकको साथ पाउनेमा उनी ढुक्क छिन् । 
 
 
यसैबीच केकी फिल्म सुटिङ भएको स्थान बाँकेको कोहलपुर पुगेकी छिन् । नेपाल अटोमोबाइल एसोसिएसन (नासा) को सडक दर्घटना न्यूनीकरण सम्वन्धि अभियानमा साथ दिँदै उनले सदरमुकाम नेपालगन्जसँगै कोहलपुरका विभिन्न स्थानमा जनचेतना फैलाइन् । 
 
“सार्वजनिक यातायातको संरक्षण गरौं, सुरक्षित यात्राको लागि ट्राफिक नियम पालना गरौं” भन्ने मूल नारासहितको व्यानर समाउँदै केकीले ‘कोहलपुर एक्सप्रेस’ को विषयमा आफ्ना प्रशंसकमाझ चर्चा गरिन् । केही फ्यानलाई टिसर्टमा अटोग्राफ दिइन् भने धेरैसँग सेल्फीमा रमाइन् । दर्शकको माया देखेर उनी दंग देखिन्थिन् । 
 
 
यस फिल्मका निर्देशक विशाल भण्डारी हुन् । यसअघि उनले दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि फिल्म निर्देशन उनको यो पहिलो हो । 
 
केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । 
 
 
अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । 
 
फिल्मका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । ‘अब मनसँग मन’ र ‘सि-ओे-डब्लु काउ’ गीतका कारण पनि यो फिल्म यतिबेला राम्रै चर्चामा छ । 
Most Visited News (monthly)