Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘दबंग ३’ मा सलमानको प्रेमिका बन्दै ‘नागिन’ !

एजेन्सी, मुम्बई, 2018/04/22
टेलिभिजन शो 'नागिन' बाट चर्चित भएकी अभिनेत्री मौनी रोय चाँडै अक्षय कुमारको फिल्म 'गोल्ड' बाट बलिउडमा डेब्यु गर्दैछिन् । यसैबीच उनको नाम सलमान खानको नयाँ फिल्म ‘दबंग ३’ मा पनि जोडिएको छ । 
 
‘दबंग ३’ मा मौनी, सलमानको पूर्व प्रेमिकाको भूमिकामा देखिने चर्चा बलिउडमा छ । फिल्ममा सलमान र मौनीको फ्ल्यासब्याक सिन हुने बताइएको छ । तर, यस विषयमा मौनीको तर्फबाट कुनै अफिसियल एनाउन्समेन्ट भएको छैन  । 
 
 
मौनी रोयको कुरा गर्ने हो भने प्रायः उनी सुन्दर तश्बिरका कारण लाइमलाइटमा आउने गर्दछिन् । 'नागिन' को भूमिका न्यायपूर्वक निर्वाहा गरेपछि उनी यतिबेला आफ्नो पहिलो बलिउड फिल्म 'गोल्ड' को प्रदर्शन मिति कुरेर बसेकी छिन् । यस फिल्मले बलिउडमा आफ्नो करिअर चम्काउन ठूलो सहयोग गर्नेमा उनी विश्वस्त छिन् । 
 
उता, सलमान खानको कुरा गर्ने हो भने यतिबेला उनी 'रेस ३' को छायांकनमा व्यस्त छन् । यो फिल्मको सुट सकिए लगत्तै उनी ‘दबंग ३’ का लागि समय दिँदैछन् । यस फिल्मको अहिलेसम्म लिड एक्ट्रेसको नाम तय भइसकेको छैन । 
Most Visited News (monthly)