Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंका अनमोलकी हिरोइन बन्दै, को हुन उनि ?

फिल्मीखबर, काठमाडौं, 2018/04/20
अनमोल केसीको नयाँ फिल्म 'क्याप्टेन'मा अर्की नायिकाको पनि प्रवेश भएको छ । यसअघि  उक्त फिल्ममा उपासना सिंह फाईनल थिइन् । अब उपासनासँगै प्रियंका एमभी फाईनल भएकी छन् ।
 
'क्याप्टेन'का लागि निर्माता भूवन केसीले अनमोलको अपोजिटमा यी दुई नायिकालाई साइन गराएका छन् । शुक्रबार अनुबन्धित भएपछि प्रियंकाले लामो समयदेखि चलचित्र प्रवेशका लागि सही समय कुरेको र अहिले त्यो समय आएको बताएकी छन् ।
 
 
इन्स्टाग्राममा फोटो हेरेर निर्माण टीमले बोलाएपछि उनि अडिशनमा गएकी थिइन् । अडिशनबाट सेलेक्ट भएपछि अनमोल केसीसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको प्रियंकाले बताएकी छिन् । विद्यालय पढ्दा प्रियंका अनमोल भन्दा एक ब्याच जुनियर थिइन् ।
 
दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको 'क्याप्टेन'लाई भूवन केसीले निर्माण गर्दैछन् ।
 
फोटो श्रोत: फेसबुक
Most Visited News (monthly)