Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'लम्फू'को नयाँ गीत रिलीज, क्लबमा नाचे सलोन र कबिर (भिडियो सहित)

फिल्मीखबर, काठमाडौं, 2018/04/20
फिल्म‘लम्फू’को डान्सिङ्ग बिटको गीत रिलीज भएको छ । 'सुको नहोस् यार' बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ । शब्द प्रमोद ढुंगानाले लेखेका छन् ।
 
गीतको भिडियोका कोरियोग्राफर शिव बिक हुन् । गीतमा नायकद्वय कबिर खड्का र सलोन बस्नेत फिचरिङ्ग छन् । गीतमा युवा अवस्थामा पैसा नहुँदा पनि जिन्दगी रमाईलोसँग बितेका पलहरु पाईन्छ ।
 
यसअघि नै यो गीतको कभर भिडियो प्रतियोगीता पनि घोषणा गरिएको थियो । गीतको कभर भिडियो बनाई हाईलाइट्स नेपालमा पठाउन सकिनेछ ।
 
बैशाख २८ मा रिलीज हुने यो फिल्मका यसअघि नै दुई गीत र ट्रेलर रिलीज भईसकेका छन् । फिल्मको ट्रेलर यतिबेला चर्चामा छ । टिपिकल नेपाली शैलीमा बनेको ट्रेलरलाई अर्गानिक शैलीको ट्रेलर बनेको भन्दै प्रशंशा गरिएको छ ।
 
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।
 
यो फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
 
फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले फिल्ममा कस्ट्युम डिजाईन गरेकी छन् । फिल्म‍मा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।
 
गीत हेर्नुहोस्:

Most Visited News (monthly)