नेपाली फिल्म 'प्रेम बाणी' बन्ने भएको छ । सांगीतिक प्रेमकथामा आधारित रहेर बन्ने यो फिल्ममा नव-कलाकार मिथुन हमाल तथा आरोही सिंह लगायतको प्रमूख भुमिका रहनेछ ।

बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो फिल्म निर्माण घोषणा गरीएको छ । शुशिल शाही निर्माता रहेको यस फिल्मलाई रिभान मल्लले निर्देशन गर्दैछन् । फिल्ममा आयुष बिसिको कथा, बाबुल गिरि र आषिक श्रेष्ठको संगीत, बिनोद सापकोटाको छायांकन, श्री श्रेष्ठको एक्सन,कबिराज गहतराजको कोरीयोग्राफी, नेत्र विष्टको ब्यवस्थापन रहने छ ।
प्रेम बाणीमा मिथुन र आरोहीको साथमा शुशिल शाही, सन्तोष आर्चाय, रोशन बिसि लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गर्ने भएका छन् ।

