Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बेबि आई लव यू'को ट्रेलर रिलिज, को बन्यो प्रेममा बाधक ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2018/04/19
बिहिवार नेपाली फिल्म 'बेबि आई लव यू'को ट्रेलर रिलिज गरिएको छ । जेठ १८ गते देखि प्रदर्शनमा आउने फिल्ममा नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको प्रेम, रोमान्स र विछोड देखाईएको छ ।
 
जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा नृत्य रहेको छ । फिल्मका सह-निर्माता सृजना परियार र दुर्गा पाण्डे हुन् ।
 
बिहिबारको पत्रकार सम्मेलनमा 'कान्छी मायालु' बोलको गीतमा कभर डान्स र गाउनेलाई पुरस्कृत पनि गरियो । बिटुडी डान्स ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख बराबरको चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समुहले हस्तान्तरण गरेका हुन् । 
 
ट्रेलर हेर्नुहोस्:
Most Visited News (monthly)