Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै थेगोबाट हैरान भए 'हैट' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2018/04/19
'हैट' नामले चिनिने कलाकार बुद्दि तामाङ्ग एउटै थेगो 'हैट'बाट हैरान बनेका छन् । उनले यो कुरा फिल्म हैरानको टिजरमा खुलाएका छन् । यसअघि यो फिल्मको गीतमा पनि उनले आफु एउटै थेगोबाट हैरान बनेको बताएका थिए ।
 
जेठ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हैरान’को टिजर बिहिवार सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका सबै प्रमूख कलाकारको परिचय गराईएको छ ।
 
संसारकै कान्छो निर्देशकको रुपमा गिनिज बुक अप वर्ल्ड रेकर्डमा रहेका सौगात बिष्ट निर्देशित यो फिल्म कमेडी श्रेणीमा रहेको टिजर हेरेर अनुमान लगाउन सकिन्छ । गजित बिष्ट, बुद्दी तामाङ्ग, सत्यराज आचार्य, सरोज खनाल, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा, सिशिर भण्डारी लगायतलाई टिजरमा देखाईएको छ ।
 
 
यस फिल्मकी कार्यकारी निर्मात्री सम्झना पोखरेल हुन् । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ ।
 
‘हैरान’ मा नवराज उप्रेती र निरज कँडेलको छायांकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।
 
टिजर:

Most Visited News (monthly)