Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

लिली बिली: पाँच दिनमा चार करोड माथीको ग्रस कलेक्शन

फिल्मीखबर, काठमाडौं, 2018/04/19
गत साताबाट प्रदर्शनमा आएको नेपाली फिल्म 'लिली बिली'ले पाँच दिनमा चार करोड माथीको ग्रस कलेक्शन गरेको दाबी गरिएको छ ।
 
चलचित्रका निर्माता तथा वितरक गोबिन्द शाहीले दिएको आँकडालाई सहि मान्ने हो भने मंगलबारसम्म मुलुकका सबै हलमा ४ करोड ५ हजारको व्यापार देखिएको छ । निर्माता शाहिले चलचित्रले पहिलो साता करिब चार करोड ७५ लाख व्यापार गर्ने अनुमान रहेको बताएका छन् ।
 
 
शाहिका अनुसार यो फिल्म मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भईरहेको छ । नेपाल सहित बेलायत, स्कटल्याण्ड र टर्कीमा छायांकन भएको 'लिली बिली'ले सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको छ । फिल्मले दोस्रो साता पनि राम्रो व्यापार गर्नेमा आफुहरु विश्वस्त रहेको यसका निर्देशन मिलन चाम्सले बताएका छन् । कथाको माग अनुसार बिदेशमा छायाँकन गरेर बलिउड स्तरको सिनेमा आफुले दिन सकेको निर्देशक चाम्सको भनाई छ । 
 
यो फिल्ममा नव अभिनेत्री जसिता गुरुङको अभियनले सबै भन्दा बढी चर्चा पाएको छ । त्यसो त प्रदीप खड्काको अभिनयलाई पनि दर्शकले त्यत्तिकै रुचाएका छन् । प्रियांका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, धुब्र दत्त लगायतका कलाकारका अभिनय यो फिल्म रहेको छ । लिली बिलीलाई गोबिन्द शाही, सुदीप खड्का र मिलन चाम्स्ले निर्माण गरेका हुन् । 
 
Most Visited News (monthly)