Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘तरकारीवाली’लाई अनमोलको हिरोइन बन्ने इच्छा

फिल्मीखबर, काठमाडौं, 2018/04/18
चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुशुम श्रेष्ठको फोटो पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा हालेपछि करीब १ वर्ष अगाडि सामाजिक सञ्जालमा ठूलै हलचल मच्चियो । 
 
नेपालमा मात्र होइन भारत लगायतका देशमा समेत उक्त तश्बिरले धूम मच्चायो । गाउँकी एक साधारण युवती कुशुम रातारात सेलिब्रेटी बनिन् । दर्जनौं फिल्मबाट अफर आए । म्यूजिक भिडियोको अफर गनिसाध्य छैन । यसैबीच उनले बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ साइन गरिन् । 
 
‘तरकारीवाली’को नाम जोडिएकै कारण दिन प्रतिदिन यस फिल्मको हाइप बढ्दो छ । गत बिहीवार फिल्मको ट्रेलर समेत सार्वजनिक भयो । उनी आफ्नो भूमिका छोटो भएपनि राम्रो रहेको सुनाउँछिन् । उनी भन्छिन्, ‘राम्रो भूमिका पाएर ‘लम्फू’ गरेँ । अब दर्शकको प्रतिक्रिया बुझ्न आतुर छु ।’ उनी यो फिल्म रिलिजपछि मात्र अन्य फिल्म गर्ने वा नगर्ने भन्ने कुराको निधो गर्ने बताउँछिन् । 
 
 
शुक्रवार दिउँसो फिल्मीखबर डटकमको कार्यालय पुगेकी कुशुम भन्छिन्, ‘राम्रो फिल्मबाट अफर आएको खण्डमा सोच्ने छु । तर, म आफ्नो अध्ययनलाई भने विश्राम दिएर फिल्म गर्दिनँ । दुबैलाई सँगै अगाडि बढाउँछु ।’ उनी अभिनेता तथा मोडल पुष्प खड्काको ठूलै प्रशंसक रैछन् । कोसँग पर्दामा स्क्रिन शेयर गर्ने मन छ ? भन्ने प्रश्नमा उनले झट्टै उत्तर दिइन्, ‘पुष्प खड्का साह्रै मन पर्छ । मैले उहाँको हरेक भिडियो हेरेको छु । फिल्म ‘मंगलम’ पनि निकै राम्रो लाग्यो । उहाँसँग काम गर्न पाएँ भने नाईँ भन्दिनँ ।’ पुष्प मात्र होइन उनलाई अहिलेका चल्तिका स्टार नायकसँग पनि काम गर्ने ठूलो इच्छा रहेछ । 
 
उनी भन्छिन्, ‘अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलिनमान बनियाँ पनि खुब मन पर्छ । उहाँहरुको जोडी भएर काम गर्न चाहन्छु ।’ उनी अभिनेत्री द्वय आँचल शर्मा र पूजा शर्माको पनि ठूलो फ्यान रहेको बताउँछिन् 
Most Visited News (monthly)