Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजनराज र अञ्जुको गीतमा फेरी नाचे 'हैट' (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/04/16
आजकल कलाकार बुद्दि तामाङ्ग उर्फ 'हैट' फिल्ममा छोटो भूमिकामा मात्र सिमित छैनन् । उनले केहि चलचित्रमा प्रमूख भूमिका निभाएका छन् । त्यो मध्ये एक हो जेठ २५ मा रिलीज हुने ‘चङ्गा’ ।
 
'डिट्ठासाब'को नामले परिचित किशोर भण्डारी निर्देशित यो फिल्ममा बुद्दीले गज्जबको नृत्य गरेका छन् । हालै सार्वजनिक राजनराज सिवाकोटीको संगीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको ‘कम्पनी माला’ बोलको गीतमा उनि नाचेका छन् । गीतमा शब्द राजेन्द्र थापाले लेखेका छन् । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । 
 
फिल्म पुर्णतः कमेडी रहेको बताईन्छ । निर्देशक भण्डारीले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो रहेको बताएका छन् । 
 
यो फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको प्रमूख अभिनय छ ।
 
भिडियो:

Most Visited News (monthly)