Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

एउटै मितिमा अष्ट्रेलियामा रिलिज हुँदै 'डमरुको डण्डीबियो'

फिल्मीखबर, काठमाण्डौ, 2018/04/16
नेपाली फिल्म 'डमरुको डण्डीबियो' एकै मितिमा नेपालसँगै अष्ट्रेलियामा पनि रिलीज हुने भएको छ । यो फिल्म बैशाख २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । 
 
हालै फिल्म यूनिट मोफसल टुरबाट राजधानी फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानमा एक हप्ता बिताएको यूनिट‍ यसै साता राजधानी फर्किएको हो । अबको प्रचार-प्रसार राजधानीमा नै केन्द्रित गर्ने गरी लेखक तथा अभिनेता खगेन्द्र लामिछाने सहितको टीम फर्किएको हो । प्रचारस्वरुप गत सातादेखि राजधानीका मूख्य-मूख्य मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा चलिरहेको छ ।
 
 
राष्ट्रिय खेलबाट समेत हटाइएको डण्डीबियो खेललाई फिल्ममा उठाइएको विषयले यतिबेला दर्शकको ध्यान तानिरहेको छ । डण्डीबियो पारखी एक युवाले उक्त खेललाई पुन: ब्यूँताउन गरेको संघर्षको कथा रहेको फिल्मको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
 
समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको यस फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको यस फिल्ममा अभिनय छ । विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
Most Visited News (monthly)