Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी डेज’ ट्रेलर : दीया कि प्रियंकाको प्रेममा दया ?

फिल्मीखबर, काठमाण्डौ, 2018/04/15
प्रदर्शन मिति सर्दासर्दा बैशाख १४ गतेलाई नयाँ डेट तय गरिएको फिल्म ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलोभन्दा दोस्रो ट्रेलर केही आकर्षक बनाइएको छ ।
 
ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । दोस्रो ट्रेलरमा नयाँ दृश्यहरु पनि थापिएको छ । यसमा दयाहाङ राईको दुईतर्फी प्रेम देखाइएको छ । अभिनेत्री दीया पुन र प्रियंका कार्कीको प्रेममा उनी दिवाना भएका छन् । 
 
 
फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । 
 
रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’ लाई रामकुमार केसीले खिचेका हुन् । 
 
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो । 
 
ट्रेलर :-

Most Visited News (monthly)