वर्ष २०७४ को मंसिर २९ बाट २०७५ को बैशाख ७ गतेलाई प्रदर्शन मिति तय गरिएको अभिनेत्री ऋचा सिंह ठकुरी अभिनीत तथा निर्मित फिल्म ‘सुपर गोर्खे’ को रिलिज डेट पुनः पोस्टपोन्ड भएको छ ।
अब यो फिल्म जेठ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । पारिवारिक तथा प्राविधिक कारणले फिल्मको रिलिज मिति पटक पटक सार्नु परेको निर्माता तथा निर्देशक गजेन्द्रराज थापाले बताए ।

अविर हाउस प्रोडक्सन प्रा.लि.को प्रस्तुती रहेको फिल्ममा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ ।
किरण माईकलको लेखन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापा रहेका छन् । विवाहपछि ऋचाको यो कमब्याक फिल्म हो ।

