अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘वीराङ्गना’ को अफिसियल रिलिज डेट घोषणा गरिएको छ । निर्देशक राजबहादुर सानेले यस फिल्मलाई असार २९ गते प्रदर्शनमा ल्याउने निधो गरेका छन् ।
काठमाडौं भ्यालीका लागि बि.के. फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिरका लागि एफडी कम्पनीले फिल्म वितरणको जिम्मा लिएका छन् ।
फिल्ममा शिल्पा र अनुपले सशस्त्र प्रहरीको भूमिकामा निर्वाहा गरेका छन् । नारी प्रधान भनिएको फिल्मलाई एक्सन जनरामा तयार पारिएको छ ।

बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह-निर्माता रहेको ‘वीराङ्गना’ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा शिल्पा र अनुप विक्रमका अलवा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वलगिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

