Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ बाट जसिताले देखाइन् संभावना

फिल्मीखबर, काठमाडौं, 2018/04/14
हरेकको सपना हुन्छ फिल्ममा भित्रिएपछि ‘स्टार’ बन्ने । अझ फ्यानको भीडमा घेरिएर सेल्फी र अटोग्राफ दिने सपना झन् कति मिठो हुन्छ होला । तर, सपना देखेका सबैले यो सौभाग्य पाउँदैनन् । र, यो पाउन सपना देखे झैँ सजिलो पनि छैन । 
 
हरेक वर्ष नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारको आगमन तिव्र गति भइरहेको छ । तर सफलता भने मुश्किलले २ वा ३ जनाले मात्र हात पारेका छन् । वर्ष २०७४ मा नव-अभिनेत्रीको कुरा गर्ने हो भने दीपिका प्रसाईँ बाहेक अरुको नाम लिन कठिन हुन्छ । 
 
यसैबीच शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ बाट नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको एक नायिका पाएको छ । उनी हुन् जसिता गुरुङ । 
 
रिलिज अगाडिसम्म युवा स्टार प्रदीप खड्काको स्टारडमको छायाँमा पर्ने डर उनमा थियो । तर, फिल्म रिलिजपछि प्रदीप नै उनीसँग डराउनु पर्ने देखिएको छ । अर्थात्, उनले नै फिल्म धान्ने जिम्मेवारी पाएकी छिन् । प्रदीपमाथी उनी हाबी छिन् । 
 
 
हुनत, ‘लिलिबिली’ रिलिज अगाडिदेखि नै उनी चर्चामा थिइन् । गीतसंगीत र ट्रेलरबाटै जसिताको तारिफ भएको थियो । फिल्म हेरेपछि उनको डाइलग डेलिभरी, सुन्दरता र अभिनयको सबैभन्दा बढी प्रशंसा भैरहेको छ । 
 
फिल्मको सबैभन्दा बलियो पक्ष मध्ये जसिताको अभिनय पनि एक हो । हुनत, उनले अभिनयमा सुधार गर्नु पर्ने धेरै बाँकी छ । तर, तपाईले यो फिल्म हेर्ने एउटा कारण, नव-अभिनेत्री जसिता पनि हुन सक्छिन् । 
 
नेपाली फिल्ममा आफ्नो भविष्य सुरक्षित गर्न केही मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेर्न सक्नेछ । 
 
 
‘लिलिबिली’ हेर्दै गर्दा एउटा कुरामा नझुकिनु होला, यसमा जसिताको सट्टामा अभिनेत्री सारा सिर्पालीको स्वर डविङ गराइएको छ । लामो समयदेखि बेलायतमा बस्दै आइरहेकी उनको नेपाली बोलाई शुद्ध नभएको कारण निर्माण टिमले ‘रिक्स’ उठाउन नचाहेको बुझिएको छ ।  
 
मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
 
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
Most Visited News (monthly)