Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्रिमिनल्सको लिस्टमा आयो सलमान खानको नाम

एजेन्सी, मुम्बई, 2018/04/14
 
दुई कालो हरिणको शिकारको मुद्धामा पाँच वर्षको जेल सजाय पाएका बलिउड सुपरस्टार सलमान खान यतिबेला जमानतका कारण बाहिर छन् । जेलमा दुई दिन विताएका उनलाई बेल मिलेपछि जेलबाट रिहा गरिएको हो । तर, यो मुद्धामा एक रोचक मोड आएको छ ।   
 
वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्यूरोले आफ्नो वेबसाइटमा अपराधीहरुको एक लिस्ट अपडेट गरेको छ र यो लिस्टमा सलमान खानको नाम पनि छ । उक्त लिस्टमा कूल ३९ अपराधीको नाम छ । 
 
 
क्रिमिनल्सको लिस्टमा ती अपराधीहरुको नाम राखिएको छ, जो वन्य जन्तुसँग जोडिएको अपराधमा सामेल भएका छन् । ५ अप्रिलमा जोधपुर कोर्टले कालो हरिणको शिकारको मामलामा सलमानलाई दोषी ठहर गरेको थियो । 
 
जोधपुरको स्पेशल कोर्टले २० वर्ष पुरानो दुई कालो हरिण शिकारको मुद्धामा ५ वर्षको जेल सजाय सुनाएको थियो । यो मुद्धामा अन्य आरोपीहरु सैफ अली खान, तब्बू, सोनाली बेन्द्र और नीलमलाई कोर्टले क्लिन चिट दिएको छ । 
Most Visited News (monthly)