Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘लिलिबिली’ र ‘नेप्टे’ को ‘फर्स्ट डे’ अकुपेन्सी

फिल्मीखबर, काठमाण्डौ, 2018/04/13
यस वर्षका लागि दुई अन्तिम फिल्म ‘लिलिबिली’ र ‘नेप्टे’ ले शुक्रवारबाट देशव्यापी प्रदर्शन आरम्भ गरेका छन् । गीतसंगीत र ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत यी दुबै फिल्मले पहिलो दिन दर्शकको राम्रो साथ पाएका छन् । 
 
नयाँ वर्ष २०७५ को छेकोमा रिलिज भएका यी दुई फिल्मको ओपनिङ अकुपेन्सी कस्तो रह्यो भन्ने जिज्ञासा दर्शकमा रहन सक्छ । 
 
युवा स्टार प्रदीप खड्काको क्रेजका कारण प्रदर्शनको पहिलो दिन ‘लिलिबिली’ लाई सुखद अकुपेन्सी मिलेको छ । फिल्मको ‘फर्स्ट डे’ अकुपेन्सी ६५ प्रतिशतभन्दा माथी रहेको निर्माण टिमको दाबी छ । प्रदीपको लोभलाग्दो क्रेज शुक्रवार बिहानदेखि साँझसम्म सिनेमा घरहरुमा सन्तोषजनक देखिन्थ्यो ।  
 
फेरि पनि प्रदीपलाई 'लभर ब्वाई' को भूमिकामा रुचाइएको छ । फिल्ममा उनको कमेडी र इमोशनल पाटोमा दर्शकले मज्जा उठाएका छन् । उनको क्यूटनेशमा 'वाउ' भन्ने यूवतीहरु हलमा प्रशस्तै भेटिन्थे ।
 
फिल्म हेर्ने सबैले नव-अभिनेत्री जसिता गुरुङको अभिनयको उस्तै तारिफ गरेका छन् । उनलाई अबको सम्भावना बोकेको नायिकाको रुपमा हेरिएको छ । 
 
 
राजधानीका गोपीकृष्ण, गुण, गंगा, अष्टनारायणजस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा शुक्रवार बिहानैदेखि ‘लिलिबिली’ हेर्ने दर्शकको उपस्थिति राम्रो रह्यो । उता, राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल र कुमारी हलमा पनि फिल्म हेर्ने दर्शकको चाप ठिकठाक थियो । 
 
दिउँसो र रात्री शोमा विग मुभिज, एफक्यूव, विएसआर मुभिज जस्ता मल्टिप्लेक्स हल दर्शकले लगभग भरिभराउ देखिन्थे । अपेक्षा गरे झैँ शुक्रवार दर्शकको चाप नदेखिए पनि भोली शनिवार आक्रामक हुनेमा निर्माण पक्ष विश्वस्त छ । 
 
फिल्मले पहिलो दिन ३० लाख ग्रस कलेक्सन गरेको हुन सक्ने अनुमान गरिएको छ । मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि ‘लिलिबिली’ ले पहिलो दिन सुखद कलेक्सन गरेको छ ।  
 
मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
 
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । 
 
यस्तै, ‘नेप्टे’ लाई ‘फर्स्ट डे’ ३५ देखि ४० प्रतिशत अकुपेन्सी मिलेको छ । यो फिल्म हेर्ने मल्टिप्लेक्समा भन्दा सिंगल स्क्रिनमा दर्शकको संख्या बढी छ । कुमारी हलको शुक्रवार बिहान ९ बजेको शो दर्शक अभावमा क्यान्सिल भएको थियो । ‘लिलिबिली’ भन्दा यस फिल्ममा दर्शकको उपस्थिति खासै उत्साहजनक देखिएको छैन । 
 
शनिवार विदा भएका कारण ‘नेप्टे’ ले दर्शकको उल्लेख्य साथ पाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । फिल्म हेर्ने दर्शकले भने कलाकारहरुको अभिनयको तारिफ गरेका छन् । फिल्मको बारेमा खासै कसैले नेगेटिभ बोलेका छैनन् । निर्माता तथा कलाकार रोहित रुम्बा दर्शकको प्रतिक्रियाबाट खुसी देखिन्छन् । 
 
देव कुमार श्रेष्ठ निर्देशित यस फिल्ममा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाललगायतका कलाकारहरुको लिड रोल छ । 
Most Visited News (monthly)