Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भोर’ ट्रेलरमा दाइजो प्रथाको कथा

फिल्मीखबर, काठमाण्डौ, 2018/04/13
 
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म ‘भोर’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 
 
नयाँ वर्ष २०७५ को छेकोमा सार्वजनिक गरिएको ट्रेलरमा दाइजो प्रथाको कथा झल्काइएको छ । फिल्मले मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको यथार्थ कथा बोल्छ । 
 
बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको ‘भोर’ को कथा कथाकार कृष्ण धरावासीले लेखेका हुन् । सोहि कथालाई निर्देशक भट्टराईले पटकथामा ढालेका छन् । 
 
फिल्ममा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु प्रमुख भूमिकामा छन् ।
 
ट्रेलर हेर्नुस् :-

 

फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । दिपक बज्राचार्यले छायांकन गरेको फिल्म ‘भोर’ का निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् । 
Most Visited News (monthly)