Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आयो शहरबाट अमेरिका बोइज’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/04/13
वर्ष २०७५ को जेठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘अमेरिका बोइज’ को शीर्ष गीत सार्वजनिक भएको छ । दीपक आरजेको शब्द, संगीत र स्वर रहेको गीतका एरेञ्जर रिकेश गुरुङ हुन् । 
 
 
गीत रिलिजसँगै निर्माण टिमले कभर सङ प्रतियोगिता पनि आयोजना गरेको छ । कभर सङ बिजेताले रु. ५० हजार नगद पुरस्कार जित्न सक्नेछन् । 
 
प्रवेश पौडेलको निर्देशनमा तयार भएको यस फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ । 
 
प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको फिल्मको लागत दुई करोड रहेको बताइएको छ । समिर खरेल फिल्मका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।  
 
गीत हेर्नुस् :-
 

 

फिल्मलाई अलोक सुक्लाले खिचेका हुन् । ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने फिल्ममा निमेश श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, दीपक आरजे र जयन जे वाइवाको संगीत छ । 
Most Visited News (monthly)