शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ का निर्माता गोविन्द शाहीले युवा स्टार प्रदीप खड्कालाई लिएर नयाँ फिल्म निर्माण गर्ने भएका छन् । बिहीवार आफ्नी छोरी काफियाको जन्मदिन सेलिव्रेट गर्ने क्रममा उनले यो कुराको खुलासा गरे ।
 (2).jpg)
नाम तय नभएको फिल्मको यतिबेला प्रि-प्रोडक्शनको काम भइरहेको छ । निर्माता शाही भन्छन्, ‘लिलिबिली’ रिलिजपछि प्रदीप र मैले नयाँ फिल्म सँगै गर्ने तयारी भइरहेको छ । साउनबाट हामी फ्लोरमा जान्छौं ।’ उनले उक्त फिल्ममा प्रदीपको पनि शेयर रहने खुलाए ।
जन्मदिनमा उपस्थित प्रदीपले पनि निर्माता शाहीको कुरामा सहमती जनाए । उनी भन्छन्, ‘जसरी सन्तोष सेन दाईसँग बिना सम्झौता फिल्म गर्ने गर्छु तस्तै गोविन्द दाईमाथी पनि म उतिक्कै विश्वास गर्छु । नयाँ प्रोजेक्टका लागि हामीबीच तयारी हुँदैछ । अहिले नै यस विषयमा बोल्नु चाहीँ हतार हुनसक्छ ।’
प्रदीप ‘लिलिबिली’ रिलिजपछि निर्देशक दिनेश राउत र निर्माता सुवास गिरीको फिल्म ‘भैरवी’ गर्दैछन् । यसपछि उनी गोपीकृष्ण ब्यानरमा बन्न लागेको फिल्म ‘रोजी’ मा अनुवन्धित हुने खबर छ ।
 (1).jpg)
पछिल्लो पुस्तामाझ बलियो फ्यान क्रेज बनाएका उनलाई आफ्नो फिल्ममा लिनका लागि यतिबेला निर्माता/ निर्देशकको ताँती लामै छ । उनी नेपालका सर्वाधिक महँगा नायकको ‘टप फाइभ’ को लिस्टभित्र पर्दछन् ।

