Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सृष्टिको संस्थाका लागि ‘ब्लाइन्ड रक्स’ को च्यारिटी

फिल्मीखबर, काठमाण्डौ, 2018/04/13
दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को बैशाख १३ गते च्यारिटी शो हुने भएको छ । 
 
सृष्टिको संस्था ‘ब्लाइन्ड रक्स अर्गनाइजेसन’ (एनजियो) को सहयोगार्थ हुन लागेको फिल्मको च्यारिटी शोमा विशिष्ट, कुटनीतिज्ञ, समाजसेवीसँगै ब्यवसायीहरुको उपस्थिति रहने छ । साढे ५ बजे राजधानीको कुमारी हलमा आयोजना हुने शोका लागि टिकट दर ५ सय र हजारको राखिएको छ । 
 
 
यतिबेला विभिन्न देशहरुमा प्रदर्शन भइरहेको यस फिल्मका निर्देशक मिलन चाम्स हुन् । निकेश लिम्बु निर्मित ‘ब्लाइन्ड रक्स’ मा नायिका बेनिशा हमालले पर्दामा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । 
 
फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । 
Most Visited News (monthly)