Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टीजरमा हेर्नुस् खगेन्द्र र सौगातको ‘जय भोले’

फिल्मीखबर, काठमाण्डौ, 2018/04/12
दशैंको फूलपातीबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जय भोले’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजर कमेडी संवादले भरिएको छ । १२ वर्षपछि निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले यो फिल्म निर्देशन गरेका हुन् । 
 
टीजरको सुरुवातमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया, सैफ अलि खान र करीना कपूर खान र महानायक राजेश हमाल र मधु भट्टराई हमालसँग माफी मागिएको छ । तर, यसको कारण भने खुलाइएको छैन । 
 
 
टीजरमा नायक सलोन बस्नेत ‘कृष्ण’ बनेका छन् अर्थात्, बाँसुरी बजाइरहेको अवस्थामा उनलाई देखिन्छ । कलाकार तथा लेखक खगेन्द्र लामिछाने शहरीया गेटअपमा प्रस्तुत भएका छन् ।
 
कपाल ठाडो, कानमा मुन्द्रा र घाँटीमा सुनको सिक्रिमा लगाएका उनी अभिनेत्री स्वस्तिमा खड्कालाई सिधै ‘भागौँन’ भन्दै प्रेम प्रस्ताव राखिरहेका छन् । 
 
अभिनेता सौगात मल्लको गेटअप ‘लुट’ को झैँ लाग्छ । टीजरमा उनी खगेन्दसँग लडाई गरिरहेका छन् । उता कलाकार बुद्धि तामाङलाई ‘ब्रुस लीको हेडमास्टर’ भनेर चिनाइएको छ । मल्टिस्टार कलाकारको अभिनय रहेको ‘जय भोले’ को टीजरले फिल्मप्रति दर्शकको उत्सुकता बढ्ने पक्का छ । 
 
ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित यस फिल्मको बजेट १ करोड ६० लाख बताइएको छ । निर्देशक शर्माको निर्देशन मात्र नभएर 'जय भोले' मा निर्माण र अभिनय पनि छ । 
 
टीजर हेर्नुस् :-
 

 

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।
Most Visited News (monthly)