अभिनेता आयुष्मान देशराज जोशीका वर्तमान र पूर्व प्रेमिका एउटै सेल्फीमा अटेका छन् । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ मा हाल नायिका द्वय प्रियंका कार्की र परमिता आर.एल. राना पहिलो पटक सँगै काम गर्दैछन् ।
'चपली हाईट २' रिलिजको समयमा परमिता र आयुष्मान गहिरो प्रेममा थिए । फिल्म 'कथा काठमाण्डू' को सेटमा प्रियंकासँग जब आयुष्मानको भेट भयो तब परमितासँग उनी टाढिए । अहिले प्रियंका र आयुष्मानको प्रेम झाँगिदै गएको छ ।

परमिता भने आफूलाई सिंगल बताउँछिन् । ब्रेकअपपश्चात् अब परमिता र आयुष्मानको जोडी पुनः पर्दामा देखिने सम्भावना न्यून रहेको चर्चा उग्र भइरहँदा दीपेन्द्रले फेरि यो कपललाई लिएर फिल्म ‘चङ्गा चेट’ बनाइरहेका छन् ।
फिल्ममा प्रियंका र आयुष्मानको जोडी बाँधिएको छ । स्रोतका अनुसार, एक गीतमा आयुष्मान आफ्ना वर्तमान र एक्स गर्लफ्रेण्डसँग रोमान्टिक अवतारमा देखिँदैछन् । फिल्मीखबरलाई प्राप्त एक तश्बिरमा प्रियंकाको सेल्फीमा परमिता अटेकी छिन् ।
दुबैको ओठमा मुस्कान नाचेको छ । तश्बिर हेर्दा यी दुई मिल्ने साथी बनिसकेका अनुमान लगाउन गाह्रो छैन । वर्तमान र एक्स प्रेमिकाको उक्त सेल्फीमा आयुष्मान पनि अटेका भए ? कतै उनी परमिता र प्रियंकाको यो मित्रताको विषयमा अनविज्ञ त छैनन् ?

