Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राजु रंगीला’ मा गोविन्दाको ट्रिपल रोल

एजेन्सी, मुम्बई, 2018/04/12
बलिउडका चुलबुले अभिनेता गोविन्दाका फ्यानका लागि खुसीको खबर आएको छ । यी अभिनेता चाँडै ठूलो पर्दामा देखिँदैछन् । पहलाज निहलानीको नयाँ फिल्म ‘राजु रंगीला’ मा गोविन्दा ट्रिपल रोलमा देखिने भएका छन् । 
 
२५ वर्षपछि यी दुईको पुनः टिमअप भएको हो । यसअगाडि गोविन्दा र निहलानीले साथमा फिल्म ‘आंखें’ मा काम गरेका थिए, जुन १९९३ मा रिलिज भएको थियो । 
 
 
यतिबेला यो फिल्मको धमाधम छायांकन भइरहेको छ । डीएनएसँग कुराकानी गर्दै पहलाज निहलानीले फिल्मको विषयमा भने, ‘यो फिल्ममा गोविन्दा ट्रिपल रोलमा देखिनेछन् ।  यस फिल्मबाट तीन नयाँ नायिकालाई लञ्च गर्दैछौं ।’ 
 
गोविन्दा पछिल्लो पटक फिल्म ‘आ गया हीरो’ मा देखिएका थिए । उक्त फिल्म उनको कमब्याक थियो तर दर्शकले खासै रुचाएनन् । यसमा गोविन्दाले एसीपीको भूमिका निर्वाहा गरेका थिए । 
 
यस्तै, गएको वर्ष पहलाज निहलानीको फिल्म ‘जूली २’ आएको थियो, जुन बक्सअफिसमा फ्लप भएको थियो । 
Most Visited News (monthly)