Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई रोमान्टिक अवतार फाप्दैन : वुद्दि तामाङ

फिल्मीखबर, काठमाण्डौ, 2018/04/11
रंगमञ्च र फिल्मको पर्दामा वुद्दि तामाङलाई देखेपछि दर्शकले हाँसो रोक्न सक्दैनन् । उनी आफ्नो वास्तविक नामले भन्दा 'टिपिकल' थेगो 'हैट' ले बढी चिनिन्छन् ।
 
‘कबड्डी कबड्डी’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’, ‘पञ्चेबाजा’, ‘दुई रुपैयाँ’, ‘ए मेरो हजुर २’ जस्ता फिल्ममा काम गरिसकेका उनी पछिल्लो समय फिल्मका कारण रंगमञ्चलाई समेत प्रशस्त समय दिन सकिरहेका छैनन् । 
 
अहिले उनलाई नेपालका ‘ब्रम्हानन्दम’ भनिन्छ । उनी बिनाका कमै फिल्म हलमा लाग्ने गरेका छन् भने उनी बिनाका फिल्म दर्शकले अपूरो ठान्ने गरेका छन् ।
 
यसैबीच वुद्दि यस वर्षका लागि अन्तिम फिल्म लिएर दर्शकमाझ पुग्दैछन् । चैत ३० गते उनी अभिनीत फिल्म ‘नेप्टे’ रिलिज हुँदैछ । 
 
 
यस फिल्ममा केटीका लागि वुद्दिसँगै रोहित रुम्बा र ए गुरुङबीच द्वन्द्व देख्न सकिन्छ । एक गीतमा उनले अभिनेत्री पूर्णिमा लामासँग रोमान्स गरेका छन् । फिल्म रिलिजको पूर्व सन्ध्यामा मिडियामा झुल्किएका उनी आफू अभिनीत अन्य फिल्मभन्दा यसमा दर्शकले आफ्नो भूमिका फरक पाउने बताउँछन् । 
 
रोमान्टिक अवतारमा प्रस्तुत हुनुभएको छ हो ? भन्ने पत्रकारको प्रश्नमा वुद्दि भन्छन्, ‘मलाई रोमान्टिक अवतार फाप्दैन र म सक्दिनँ पनि । रोमान्टिक भन्दा पनि सिच्वेसनको हिसाबमै छ । रोमान्टिक सिन अलि-अलि मेरो भागमा पनि परेको छ ।’ 
 
‘नेप्टे’ का निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्मको कथा रोहित आफैंले लेखेका छन् । फिल्मलाई हरी घले लामाले खिचेका हुन् ।
 
तारा थापा 'किम्भे' को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, रोहित, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
Most Visited News (monthly)