Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

आमिरले ‘महाभारत’ मा श्रीकृष्णको रोल नगर्ने

एजेन्सी, मुम्बई, 2018/04/11
भारतको सबैभन्दा महान ग्रन्थ 'महाभारत' मा आधारित भएर निर्माण हुन लागेको फिल्ममा बलिउड सुपरस्टार आमिर खानले भगवान श्रीकृष्णको भूमिका निर्वाहा गर्न लागेको खबर यतिबेला खुब चर्चामा छ । 
 
आमिरले श्रीकृष्णको भूमिका निर्वाहा गर्न लागेको खबरप्रति विरोध गरेको पनि धेरथोर सुनिएको छ । यसैबीच, अब आमिरले आफ्नो तर्फबाट उक्त रोल निर्वाहा गर्न अस्वीकार गरेका छन् ।  
 
 
आमिरलाई लाग्छ कि हिन्दू म्याथोलोजी निकै जटिल छ । ‘महाभारत’ माथी बनाउन लागिएको वेब सीरीजमा काम गर्नका लागि अहिले उनी पुनर्विचार गरिरहेका छन् । आमिर ‘पद्मावत’ लाई लिएर भएको चर्को विवादका कारण यसबाट टाढै रहन चाहन्छन् । 
 
आमिर खान पहिला पनि असहिष्णुतामाथी दिएकोे एक अभिव्यक्तिका कारण ट्रोलर्सको निशाना बनिसकेका छन् । केही वर्ष पहिले आमिरले देशमा बढ्दै गएको असहिष्णुताका कारण देश छाड्ने अभिव्यक्ति दिएका थिए । जसका कारण उनी खुब आलोचित हुनु परेको थियो । 
 
अचेल आमिर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को छायांकनमा व्यस्त छन् । केही दिन अगाडि आमिरले रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर हजार करोडमा ‘महाभारत’ निर्माण गर्न लागेको खबर बाहिरिएको थियो । 
Most Visited News (monthly)