Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षा र विपिनलाई लिएर ‘जात्रा’ को सिक्वेल घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/04/11
गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने पक्का भएको छ । सिक्वेलको नाम यसअघि ‘जात्रा २’ हुने चर्चा थियो । 
 
तर, मंगलवार निर्देशक प्रदीप भट्टराई र निर्माता र कलाकार रविन्द्र सिंह बानियाँबीच भएको सम्झौताबाट फिल्मको नाम ‘जात्रै जात्रा’ जुराइएको छ । 
 
फ्लोरमा जानु अगाडि नै यस फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को फागुन १७ गतेलाई तय गरिएको छ । निर्देशक भट्टराईले फिल्मको निर्देशन गर्नेछन् भने कथा पनि उनकै रहनेछ । 
 
 
उनी निर्देशित नयाँ फिल्म ‘शत्रु गते’ ले यतिबेला नेपाली बक्सअफिसमा एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ । असार अन्तिमबाट उक्त फिल्मको छायांकन सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए । 
 
‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका पुरानै कलाकारहरु दोहोरिने छन् भने केही नयाँ कलाकारको पनि इन्ट्री हुनेछ । 
 
निर्देशक प्रदीप भन्छन्, ‘जात्रा’ जहाँबाट अन्त्य भएको थियो ‘जात्रै जात्रा’ त्यहीबाट सुरु हुन्छ । तर, कथा भने नयाँ हुनेछ ।’ अहिले उक्त फिल्मको स्क्रिप्ट फाइनल गर्ने तयारी भइरहेको छ । 
 
पछिल्लो समय सफल फिल्मका सिक्वेल निर्माण गर्ने होड नेपाली फिल्म क्षेत्रमा राम्रै मौलाएको छ । तर, अधिकांश सिक्वेलले साख जोगाउन भने सकेका छैनन् । मात्र सफल फिल्मको ब्राण्ड बेचेर दर्शकलाई लोभ्याउने गरिएको छ । 
 
आशा गरौं, ब्याज खाने सिक्वेलको परम्परालार्इ ‘जात्रै जात्रा’ ले ताड्नेछ ।  
Most Visited News (monthly)