
'रानी' जोेडी अभिनेत्री मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर नयाँ फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को शीर्ष गीत सार्वजनिक भएको छ । फिरोज बस्नेत र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ ।
मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा मलिना र मनिष फिचर्ड छन् । गीतमार्फत यी दुई एकअर्काको साथ मिले सधै खुसी हुने कुरा गर्दैछन् । गीतको लोकेशन र खिचाई उत्कृष्ट छ । मलिना र मनिषको जोडी कमालको देखिएको छ ।
कार्यक्रममा मलिनाले गीत झैँ फिल्म पनि सुन्दर बनेको बताइन् । यसमा वर्षा सिवाकोटी, स्वरुप पुरुष ढकाललगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ ।

वर्ष २०७५ को असार ८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मलाई विकास बस्यालले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो ।
एलिस कार्कीको ब्याकग्राउण्ड स्कोर, कविराज गहतराज र रेनशा वान्तवा राईको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, माघव घिमिरेको स्क्रिन प्ले र डाइलग, रोशन श्रेष्ठको द्वन्द्व रहेको यस फिल्मका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् ।
गीत हेर्नुस् :-
विना कार्की निर्माता रहेको ‘तिमी हुन्छौ जहाँ जहाँ’ बि एण्ड बि फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

