बलिउड एक्ट्रेस आलिया भट्ट र एक्टर विक्की कौशलको फिल्म ‘राजी’ मे ११ मा रिलिज हुँदैछ । यो फिल्म लामो समयदेखि चर्चामा थियो र अब फिल्मको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

यस फिल्ममा आलिया फरक-फरक भूमिकामा देखिएकी छिन् । फिल्ममा आलिया एक छोरी, पत्नी र जासूसको भूमिकामा देखिनेछिन् । यस फिल्मको कहानी १९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धमा आधारित छ ।
हरिंदर सिक्काको उपन्यास 'कलिंग सहमत' मा आधारित यस फिल्ममा आलिया एक कश्मिरको युवती 'सहमत' को भूमिकामा छिन्, जसको विवाह पाकिस्तानी सेना अधिकारीसँग हुन्छ ।
विक्की ‘राजी’ मा एक पाकिस्तानी सेना अधिकारीको भूमिकामा छन् । ट्रेलरको सुरुवातमा आलिया एक सोझी युवती जस्तै देखिएकी छिन् तर विस्तारै-विस्तारै उनको जिन्दगी बद्लिन्छ ।
ट्रेलर :-
ट्रेलरमा केही डाइलग निकै दमदार छन् । ट्रेलर हेरेपछि तपाई पनि आलियाको फ्यान बन्नु हुनेछ । ‘राजी’ का निर्देशक मेघना गुल्जार हुन् । फिल्मको निर्माण करण जौहरको धर्मा प्रोडक्शन र जंगली पिक्चर्सले गरेको हो ।

