Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसितालाई छैन प्रदीपको छायाँमा पर्ने डर

फिल्मीखबर, काठमाण्डौ, 2018/04/10
युवा स्टार प्रदीप खड्काको फिल्ममा नायिकाहरु ओझेलमा पर्ने गर्छन् । पछिल्लो उदारहण ‘प्रेमगीत २’ ले सफलता पायो तर सबै क्रेडिट प्रदीपले लगे । अभिनेत्री अश्लेषा ठकुरीले मात्र ‘गीत’ को नाम पाइन् । 
 
यस्तै, चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लिलिबिली’ बाट डेब्यु गर्न लागेकी जसिता गुरुङ पनि प्रदीपको स्टारडमको सिकार हुने त होइनन् ? 
 
त्यसो त निर्माण पक्षले पब्लिसिटीमा प्रदीप र जसिता दुबैलाई उतिक्कै प्राथमिकता दिएको छ । तर, कतै अश्लेषा झैं उनी पनि प्रदीपको स्टारडमको छायाँमा पर्ने त होइन ? डर यही छ । 
 
 
तर, जसिता राम्रो काम गरे कोही कसैको छायाँमा नपर्ने तर्क राख्छिन् । उनी राम्रो काम गरे दर्शकले सधै 'एप्रिसेट' गर्ने बताउँछिन् । 
 
उनी भन्छिन्, ‘आफ्नो काम राम्रो भयो भने कसैले छेकेर वा कसैको ओझेलमा परिन्छ जस्तो मलाई लाग्दैन । काम राम्रो भयो भने दर्शकले पक्कै पनि 'एप्रिसेट' गर्नुहुन्छ । मलाई सुरुवातदेखि नै निकै साथ र माया दिनुभएको छ । फिल्म रिलिजपछि पनि उतिक्कै दर्शकको माया पाउछु भन्नेमा आशावादी छु ।’ 
 
गीतसंगीत र ट्रेलरबाट जसितालाई अबको सम्भावना बोकेको नायिकाको रुपमा हेरिएको छ । उनको सुन्दरता र डाइलग डेलिभरीको प्रशंसा भइरहेको छ । उता प्रदीपलाई पनि पहिलो पटक सुहाउँदो जोडी पाएको कमेन्ट प्राप्त छ । 
 
मिलन चाम्सले निर्देशन गरेको ‘लिलिबिली’ मा मिलन, गोविन्द शाही र सुदिप खड्काको लगानी छ । यसमा प्रदिप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि अभिनय छ ।
Most Visited News (monthly)