Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

अनमोलको ‘क्याप्टेन’ सरोज खनाल

फिल्मीखबर, काठमाण्डौ, 2018/04/10
युवा स्टार अनमोल केसी र अभिनेता सरोज खनालबीच पुनः टिमअप भएको छ । ‘कृ’ मा अभिनेत्री अदिती बुढाथोकीको पीताको भूमिका निर्वाहा गरेका खनालले अनमोलको नयाँ फिल्म ‘क्याप्टेन’ मा प्रमुख भूमिका निर्वाहा गर्ने भएका छन् । 
 
 
फिल्ममा अनमोलको क्याप्टेनको भूमिकामा सरोज खनाल हुनेछन् । पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्ने छ । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गर्दैछन् भने भुवन केसी निर्माताको रुपमा छन् । 
 
यतिबेला सरोज नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अनिल गुरुङसँग फुटबल सिकिरहेका छन् । फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा सरोजले भने, ‘कृ’ को भन्दा मेरो भूमिका ‘क्याप्टेन’ मा धेरै राम्रो छ । फेरि अनमोलसँग काम गर्न पाउँदा खुसी छु ।’ 
 
‘फिल्मको सुरुवात नै मबाट हुने भएका कारण फेक नलागोस् भनेर फुटबल सिकेको हुँ । पहिला त म फुटबल खेल्थेँ । २०-२५ वर्ष भयो छुटेको । नेपालमा फुटबल त फेमस गेम हो । कसरी खेलिन्छ भन्ने सबैलाई राम्रोसँग थाहा छ । यसैले फुटबलको नीति-नियम र खेल्ने शैली सिकिरहेको छु ।’ उनले भने । 
 
 
सरोज खनाल र अनिल गुरुङ
 
१ हप्तादेखि अभिनेता खनाललाई अनिल गुरुङले ट्रेनिङ दिइरहेका छन् । अझै यो तालिम ३ हप्ता चल्ने खनाल बताउँछन् । फिल्ममा सरोजपछि अनमोललाई क्याप्टेन बनेको हेर्न पाइनेछ । फिल्म ‘क्याप्टेन’ मा अनमोलसँग उपासना सिंह ठकुरीको जोडी बाँधिएको छ । 
Most Visited News (monthly)